Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > थापाथली सुकुमबासी बस्तीमा विरोध प्रदर्शन, ‘छाती थाप्न आऊ’ नारा

थापाथली सुकुमबासी बस्तीमा विरोध प्रदर्शन, ‘छाती थाप्न आऊ’ नारा

काठमाडौँ । थापाथलीस्थित सुकुमबासी बस्तीमा शुक्रबार स्थानीय बासिन्दा र ‘जेनजी’ अभियन्ताले प्रदर्शन गरेका छन्।

सरकारले विकल्प नदिई बस्ती खाली गर्न लागेको भन्दै उनीहरूले विरोध जनाएका छन्। प्रदर्शनमा सहभागीहरूले सरकार र केही राजनीतिक नेतृत्वविरुद्ध नाराबाजी गरेका थिए।

रास्वपा सभापति रवि लामिछानेलक्षित “छाती थाप्न आऊ” भन्दै पनि नारा लगाइएको थियो।

सरकारले शनिबारदेखि बस्ती खाली गराउने तयारी गरिरहँदा केही बासिन्दाले भने आफ्नो सामान अन्यत्र सार्न थालेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *