दीपक भट्ट संलग्न धितोपत्र प्रकरणमा उद्योगपति शेखर गोल्छा समेत तानिएका छन्। छानबिन समितिले गरेको अनुसन्धानअनुसार भट्टसँग सम्बन्धित धितोपत्र कारोबारमा अनियमितता भएको निष्कर्ष निकालिएको हो।
समितिले दीपक भट्टसँगै भृकुटी स्टकका प्रमुख कार्यकारी अधिकृत सन्दीप चाचानलाई मुख्य दोषी ठहर गरेको छ। साथै शुभी अग्रवाल, ऋषिराज मोर र राजबहादुर शाहलाई पनि आरोपी बनाइएको छ।
अनुसन्धानका क्रममा कसूरमा सहयोग गरेको आरोपमा शेखर गोल्छासहित हिमालयन रिइन्स्यारेन्स लिमिटेड, हिमालयन क्यापसर्व, हिमालय सेक्युरिटिज बैंकर लिमिटेड, एचएलआई लार्ज क्याप फण्ड, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड तथा रोहित गुप्तालाई पनि कारबाहीको दायरामा ल्याउन सिफारिस गरिएको छ।
समितिले भट्टसँग जोडिएका विभिन्न कम्पनीहरूलाई दिनुपर्ने रकम नदिई सोही रकमबाट धितोपत्रको राफसाफ गरिएको आशंकामा विस्तृत छानबिन गरेको जनाएको छ।

