Friday, June 05, 2026
Home > खेलकुद समाचार > दीपेन्द्रको लगातार तेस्रो अर्धशतक

दीपेन्द्रको लगातार तेस्रो अर्धशतक

काठमाडौं — अलराउन्डर दीपेन्द्र सिंह ऐरीले शानदार फर्म जारी राख्दै यूएईविरुद्ध लगातार तेस्रो अर्धशतक प्रहार गरेका छन्। उनले ५२ बलमा अर्धशतक पूरा गर्दै ८ चौका प्रहार गरेका हुन्।

कप्तान रोहित पौडेल आउट भएपछि मैदान छिरेका उनले दबाबमा रहेको नेपाली इनिङ सम्हाले। यसअघि पनि उनले यूएईविरुद्ध ७५ र ओमानविरुद्ध ६० रन बनाएका थिए।

समाचार लेख्दासम्म नेपालले ५ विकेट गुमाएर १८७ रन बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *