Friday, June 05, 2026
Home > मुख्य समाचार > देउवा परिवारमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान सुरु

देउवा परिवारमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान सुरु

काठमाडौँ। सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनका परिवारको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको छ। देउवा निवास परिसरमा क्षतिग्रस्त भवन भत्काउने काममा प्रहरीले रोक लगाएको छ।

स्रोतका अनुसार, जयवीर देउवा र उनका नातेदारको नाममा किनेको करिब ७३ रोपनी जग्गा तथा विभिन्न कारोवारको विवरण संकलन भइरहेको छ। अनुसन्धानमा नक्कली भुटानी शरणार्थी प्रकरण र नेपाल टेलिकम बिलिङ विवादसम्बन्धी उजुरी पनि समावेश छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले प्रमाण सुरक्षित गर्न उच्चपदस्थ निर्देशनअनुसार भत्काउने काम रोक लगाएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *