Friday, June 05, 2026
Home > मुख्य समाचार > देउवा समूह सक्रिय : केन्द्रीय समिति बैठक बोलाउने तयारी

देउवा समूह सक्रिय : केन्द्रीय समिति बैठक बोलाउने तयारी

काठमाडौं — नेपाली कांग्रेस भित्र शेरबहादुर देउवा समूहले समानान्तर गतिविधि अघि बढाउँदै केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ।

धुम्बाराहीमा बसेको कार्यसम्पादन समिति बैठकले बैठकको मिति तय गर्ने जिम्मा पूर्णबहादुर खड्का लाई दिएको छ। नेता मीन विश्वकर्मा का अनुसार सर्वोच्च अदालतले पार्टी आधिकारिकताको विवाद टुंगो नलगाएसम्म आन्तरिक बैठक र छलफल जारी रहनेछ।

देउवा समूहले निर्वाचन आयोगको निर्णयविरुद्ध दायर गरेको मुद्दा सर्वोच्च अदालत मा विचाराधीन छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *