Tuesday, March 17, 2026
Home > स्थानीय समाचार > धरान उपमहानगरमा कर्मचारीले ड्युटीको समयमा पार्टी चन्दा संकलन गर्दा विवाद

धरान उपमहानगरमा कर्मचारीले ड्युटीको समयमा पार्टी चन्दा संकलन गर्दा विवाद

धरान — धरान उपमहानगरपालिकाकी करार कर्मचारी अस्मिता राईले कार्यालयको काउन्टरमा ड्युटीमा रहँदै श्रम संस्कृति पार्टीका लागि १९,५६० रुपैयाँ चन्दा संकलन गरेकी छन्। कर्मचारी पोशाक र परिचयपत्रमा रहेको राईको यो क्रियाकलाप कर्मचारी आचारसंहिता उल्लङ्घन भएको भन्दै आलोचना भएको छ।

उपमहानगर प्रशासनले राईलाई आचारसंहिताको स्पष्टता लिन कार्यालयमा उपस्थित हुन बोलाएको छ भने थप छानबिनपछि आवश्यक कारबाही गरिने जनाएको छ। राईलाई मेयर हर्क साम्पाङले करारमा नियुक्ति गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *