काठमाडौं — वर्ष २०८३ को पहिलो दिन स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ३१ सयले बढेर २ लाख ९९ हजार ८०० रुपैयाँ पुगेको छ।
यस्तै, चाँदी पनि १६५ रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ६५ रुपैयाँ कायम भएको छ।


