Friday, June 05, 2026
Home > मुख्य समाचार > निजामती विधेयक मस्यौदा सार्वजनिक, राजनीतिक संलग्नतामा कडा कारबाही

निजामती विधेयक मस्यौदा सार्वजनिक, राजनीतिक संलग्नतामा कडा कारबाही

काठमाडौँ, वैशाख १३ — सरकारले संघीय निजामती सेवा विधेयकको नयाँ मस्यौदा तयार गर्दै प्रशासन सुधारका लागि कडा प्रावधान प्रस्ताव गरेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय द्वारा तयार मस्यौदामा अवकाश उमेर ६० वर्ष र लोक सेवामा उमेर हद पुरुषका लागि ३२ तथा महिलाका लागि ३५ वर्ष प्रस्ताव गरिएको छ।

विधेयकले राजनीतिक दलसँग आबद्ध कर्मचारीलाई जागिरबाट बर्खास्त मात्रै होइन, भविष्यमा पनि सरकारी सेवामा अयोग्य ठहरिने व्यवस्था गरेको छ। साथै ट्रेड युनियन खारेज, कार्यसम्पादन आधारित मूल्यांकन र संघीय संरचनाअनुसार कर्मचारी व्यवस्थापनमा जोड दिइएको छ।

सरकारका अनुसार यो कानुनले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय सुधार्दै सेवा प्रवाह प्रभावकारी बनाउने लक्ष्य लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *