काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल ले सरकारले जारी गरेको ‘शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची’ र ‘निजी क्षेत्र संरक्षण तथा प्रवर्द्धन रणनीति’ स्वागतयोग्य रहेको बताएका छन्।
ढकालका अनुसार कार्यसूचीले प्रशासनिक सुधार, डिजिटल सेवा, भ्रष्टाचार नियन्त्रण र लगानीमैत्री वातावरण निर्माणमा सहयोग पुग्नेछ। महासङ्घले यसको प्रभावकारी कार्यान्वयनबाट आर्थिक पुनरुत्थान, रोजगारी सिर्जना र दिगो विकासमा टेवा पुग्ने विश्वास लिएको छ।


