Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > नीति तथा कार्यक्रमको जवाफ अर्थमन्त्रीले दिने, प्रधानमन्त्री अनुपस्थित

नीति तथा कार्यक्रमको जवाफ अर्थमन्त्रीले दिने, प्रधानमन्त्री अनुपस्थित

काठमाडौं । सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि संसद्मा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन्द्र शाहले नदिने भएका छन्। प्रधानमन्त्री अनुपस्थित भएपछि आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने कार्यसूची तय गरिएको छ।

प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर विपक्षी दलहरूले हिजो संसद् अवरुद्ध गर्दै प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने माग गरेका थिए। तर आजको बैठक अघि बढ्ने तयारी गरिएको छ।

बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलपछि उठेका प्रश्नको जवाफ, आवश्यक संशोधन निर्णय र त्यसपछि नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको छ। साथै, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता तथा प्रतिनिधिसभा नियमावली मस्यौदा प्रतिवेदनसमेत प्रस्तुत हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *