Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > पर्सामा गुठीको अतिक्रमित जग्गा खाली, ३८० घर हटाइयो

पर्सामा गुठीको अतिक्रमित जग्गा खाली, ३८० घर हटाइयो

पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ स्थित गण्डक नहर छेउको गुठीको अतिक्रमित करिब ५ बिघा जग्गा सरकारले खाली गराएको छ। आइतबार बिहानदेखि ७ वटा डोजर प्रयोग गरी त्यहाँ बनेका ३८० घरटहरा हटाइएको हो।

गाउँपालिकाका अनुसार मधेशका गृह तथा सञ्चारमन्त्री फकिरा महतोको पहलमा यो अभियान अघि बढाइएको हो। दुई वर्षदेखि प्रयास भइरहेको भए पनि हालैको समन्वयपछि डोजर परिचालन गरिएको जनाइएको छ।

त्यस्तै, सोही गाउँपालिकाको मधुवन क्षेत्रमा रहेको थप २९ बिघा गुठी जग्गा पनि खाली गराउने काम जारी छ। सुरक्षाका लागि करिब ३ सय प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *