काठमाडौं । नेपाली खेलाडी पलेशा गोवर्धनले मंगोलियाको उलानबटारमा जारी ११औँ एसियाली पारा तेक्वान्दो प्रतियोगितामा कांस्य पदक जितेकी छन्।
महिला ५७ केजीमुनिको के–४४ स्पर्धामा प्रतिस्पर्धा गरेकी पलेशा सेमिफाइनलमा इरानकी जहरा रहिमीसँग पराजित भएपछि कांस्यमा सीमित भइन्।
यस्तै, अमिर ब्लोन र रेणु तामाङ भने पहिलो चरणबाटै बाहिरिएका छन्। उनीहरू अब मंगलबारदेखि हुने एसियाली पारा तेक्वान्दो छनोट प्रतियोगितामा सहभागी हुनेछन्।


