Wednesday, March 18, 2026
Home > राष्ट्रिय समाचार > पश्चिमी वायुले केही स्थानमा वर्षा सम्भावना

पश्चिमी वायुले केही स्थानमा वर्षा सम्भावना

काठमाडौं — मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ। यसले पहाडी र हिमाली भूभागमा बादल लागेको छ र केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा वा हिमपात हुने सम्भावना छ।

आज दिउँसो र राति कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा, साथै तराईका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ। बाँकी भूभागमा आंशिक बादल रहने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *