काठमाडौं — प्रधानन्यायाधीशका लागि डा. मनोजकुमार शर्माको सिफारिसपछि सर्वोच्च अदालतको दैनिक कामकारबाही प्रभावित बनेको छ। शुक्रबार बिहानदेखि पेसी सूची सार्वजनिक हुन नसक्दा सेवाग्राही र कानुन व्यवसायीहरू अलमलमा परेका छन्। न्यायाधीशहरूबीच आन्तरिक छलफल र पेसी व्यवस्थापन प्रक्रिया रोकिँदा अदालतमा अन्योल बढेको जनाइएको छ।


