Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > प्रधानमन्त्रीको निर्वाचन क्षेत्रका सुकुमबासीमा डोजर त्रास

प्रधानमन्त्रीको निर्वाचन क्षेत्रका सुकुमबासीमा डोजर त्रास

झापा, वैशाख १५ – काठमाडौंका सुकुमबासी बस्तीमा डोजर चलाइएको घटनापछि प्रधानमन्त्रीको निर्वाचन क्षेत्र झापा–५ का सुकुमबासी बस्तीमा त्रास फैलिएको छ।

दमक नगरपालिका–४ र ५ को सिमानामा २०५७ सालदेखि बसोबास गर्दै आएका बासिन्दाले उचित व्यवस्थापनबिना हटाइए आफूहरू विस्थापित हुने चिन्ता व्यक्त गरेका छन्।

स्थानीयवासीका अनुसार बस्तीको विवरण संकलन भइरहेको खबरसँगै भविष्यमा डोजर चल्ने डरले मानसिक तनाव बढेको छ। सरकारले सुरक्षित विकल्प नदिई हटाउन नहुने उनीहरूको माग छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *