Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > प्रधानमन्त्रीले उत्कृष्ट क्याडेटलाई खुकुरी र छडीद्वारा पुरस्कृत

प्रधानमन्त्रीले उत्कृष्ट क्याडेटलाई खुकुरी र छडीद्वारा पुरस्कृत

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिमा भक्तपुरको नेपाली सैनिक प्रतिष्ठानमा अधिकृत क्याडेट तालिम पूरा गरेका उत्कृष्ट क्याडेटहरूलाई खुकुरी र छडीद्वारा पुरस्कृत गरिएको छ।

प्रधानमन्त्री शाहले नव आयुक्त क्याडेटहरूलाई मातृभूमि र जनताप्रति समर्पित भएर अनुशासन र कर्तव्यनिष्ठाका साथ सेवा गर्न शुभकामना दिएका थिए। कार्यक्रममा १८३ क्याडेटले आयुक्त पद प्राप्त गरेका थिए भने केन्या र जाम्वियाबाट आएका तीन विदेशी क्याडेटलाई पनि मेडल प्रदान गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *