Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > फिलिपिन्समा ऊर्जा संकट: राष्ट्रपति मार्कोसले राष्ट्रिय आपतकालको घोषणा गरे

फिलिपिन्समा ऊर्जा संकट: राष्ट्रपति मार्कोसले राष्ट्रिय आपतकालको घोषणा गरे

मनिला। फिलिपिन्सले ऊर्जा आपूर्ति संकटका कारण राष्ट्रिय आपतकाल घोषणा गरेको छ। राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरका अनुसार पश्चिम एसियाको द्वन्द्वले तेल आपूर्तिमा खतरा पुर्‍याएको छ। आपतकाल एक वर्षसम्म लागू हुनेछ र सरकारले आवश्यक परे अग्रिम भुक्तानीमार्फत इन्धन खरिद गर्न सक्नेछ। हाल देशसँग करिब ४५ दिनको इन्धन मौज्दात छ भने थप भण्डारणका लागि १० लाख ब्यारेल तेल खरिदको तयारी भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *