Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > फेवातालमा फसेका ११ जनाको सफल उद्धार

फेवातालमा फसेका ११ जनाको सफल उद्धार

पोखरा, २२ चैत – पोखराको फेवातालको बीच भागमा हावाहुरीमा अलपत्र परेका ११ जनालाई सशस्त्र प्रहरी बल नेपालले सुरक्षित उद्धार गरेको छ।

सहायक निरीक्षक विशाल घर्ती मगरको नेतृत्वमा खटिएको सशस्त्र प्रहरी टोलीले तनहुँ, म्याग्दी, पोखरा र भारतका नागरिकहरूलाई तालबाट सकुशल बाहिर निकालेको छ। उद्धार गरिएका मध्ये अधिकांश युवायुवती थिए। सशस्त्र प्रहरीका अनुसार उद्धार टोलीको तत्परता र व्यावसायिक कार्यशैलीले संकटलाई छिटो समाधान गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *