Friday, June 05, 2026
Home > मुख्य समाचार > बल्खु–वंशीघाटबाट हटाइएका ५० परिवारको विवरण संकलन

बल्खु–वंशीघाटबाट हटाइएका ५० परिवारको विवरण संकलन

काठमाडौं — बल्खु र वंशीघाट क्षेत्रबाट हटाइएका सुकुमबासीमध्ये ५० घरपरिवारले दशरथ रंगशालामा पुगेर आफ्नो विवरण टिपाएका छन्। उनीहरूले घर, जग्गा र स्थायी आयस्रोत नभएको भन्दै आफूलाई भूमिहीन भएको उल्लेख गरेका छन्।

सरकारी निकायहरूले उनीहरूको विवरण संकलनपछि स्वास्थ्य जाँच र मनोपरामर्श गरी अस्थायी ‘होल्डिङ सेन्टर’मा स्थानान्तरण गर्ने तयारी गरेका छन्। विभिन्न स्थानमा उनीहरूलाई तत्कालका लागि राख्ने व्यवस्था मिलाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *