सर्लाही — सर्लाहीको लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्व–पश्चिम लोकमार्गमा बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ।
विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बसले शनिबार साँझ मोटरसाइकललाई ठक्कर दिँदा ३५ वर्षीय सुनिल महतो गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।


