रुपन्देहीको बुटवलमा सरकारी जग्गा अतिक्रमण गरेर बनेका घरटहरा हटाउन माइकिङ गरेको १८ घण्टामै डोजर चलाइएको छ।
बुटवल उपमहानगरपालिकाले शनिबार राति सूचना जारी गरेपछि स्थानीयले सामान सार्न थालेका थिए। तर आइतबार बिहानैदेखि डोजर र सुरक्षाकर्मी परिचालन गरी संरचना भत्काउन सुरु गरिएको हो, जसका कारण धेरैले सामान सार्न पाएनन्।
स्थानीयले पर्याप्त समय नदिइएको भन्दै असन्तुष्टि जनाएका छन्। प्रहरीका अनुसार सरकारी जग्गा खाली गर्ने अभियान अन्तर्गत संरचना हटाइएको हो।


