Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > बेमौसमी वर्षाले महोत्तरीका इँटा उद्योगमा ६ करोडभन्दा बढी क्षति

बेमौसमी वर्षाले महोत्तरीका इँटा उद्योगमा ६ करोडभन्दा बढी क्षति

महोत्तरी — लगातार तीन दिन परेको बेमौसमी वर्षाले जिल्लाका करिब तीन दर्जन इँटा उद्योगमा ठूलो क्षति पुगेको छ। व्यवसायीका अनुसार पकाउन तयारी अवस्थामा रहेका काँचो इँटा वर्षाले बिगार्दा कुल क्षति ६ करोड रुपैयाँभन्दा बढी पुगेको हो।

उद्योगीहरूले माघदेखि चैतसम्म सुकाउन राखिएका इँटा नष्ट भएपछि आर्थिक संकट आएको बताएका छन्। प्रति उद्योग ८ लाखदेखि २२ लाख रुपैयाँसम्मको क्षति भएको अनुमान छ।

व्यवसायी सङ्घले क्षतिको विवरण सङ्कलन गरी सरकारसँग राहत र अनुदानको माग गर्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *