Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > भारतमा भीषण गर्मीको कहर, ‘लू’का कारण १६ जनाको मृत्यु

भारतमा भीषण गर्मीको कहर, ‘लू’का कारण १६ जनाको मृत्यु

भारतका विभिन्न क्षेत्रमा जारी तीव्र तापलहर ‘लू’का कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ। दक्षिणी राज्य तेलंगनामा सबैभन्दा बढी क्षति भएपछि स्वास्थ्य सतर्कता जारी गरिएको छ।

हाल भारतका धेरै सहरमा तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। मौसम विभागले अझै केही दिन अत्यधिक गर्मी कायम रहने चेतावनी दिएको छ।

अधिक गर्मीका कारण डिहाइड्रेसन, स्वास्थ्य समस्या र विद्युत् मागमा समेत वृद्धि भएको बताइएको छ। प्रशासनले वृद्ध, बालबालिका र गर्भवतीलाई दिउँसो बाहिर ननिस्कन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *