काठमाडौं — रास्वपा सांसद निशा डाँगीले भारतीय नम्बर प्लेटका सवारी साधनका कारण नेपाली यातायात व्यवसायी र चालकहरू संकटमा परेको बताएकी छन्।
उनका अनुसार ‘डे पास’को दुरुपयोग गर्दै भारतीय सवारी नेपालमै लामो समय सञ्चालन हुँदा भन्सार राजस्वमा क्षति र दुर्घटनामा क्षतिपूर्ति पाउन समस्या भइरहेको छ।
डाँगीले सीमा क्षेत्रमा कडाइका साथ अनुगमन, डे पास दुरुपयोग रोक्न र नेपाली व्यवसायीको संरक्षण गर्न सरकारसँग माग गरेकी छन्।


