काठमाडौं । मध्यपूर्वी एसियामा जारी द्वन्द्वका कारण विश्व अर्थतन्त्र सुस्त हुने र आर्थिक संकट गहिरिने जोखिम बढेको अर्थ मन्त्रालयले जनाएको छ।
आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार विश्वव्यापी अनिश्चितता, व्यापार अवरोध र नीतिगत अस्थिरताका कारण सन् २०२६ मा आर्थिक वृद्धि कमजोर हुने अनुमान गरिएको छ। द्वन्द्व लम्बिए ऊर्जा पूर्वाधारमा क्षति पुग्ने र विश्व वृद्धिदर २ प्रतिशतमा सीमित हुन सक्ने चेतावनी दिइएको छ।
साथै, आपूर्ति शृंखला प्रभावित हुँदा इन्धन र वस्तुहरूको मूल्य बढ्ने, मुद्रास्फीति ६० प्रतिशतभन्दा माथि जान सक्ने र विकासशील मुलुकहरूमा आर्थिक संकट थप गहिरिन सक्ने उल्लेख छ।


