काठमाडौं । जडीबुटी क्षेत्र र भक्तपुरको लोकन्थलीस्थित मनहरा किनारको सुकुम्वासी बस्ती स्थानीय आफैँले खाली गर्न थालेका छन्।
शनिबार दिनभर बस्तीवासीले घरभित्रका सामान बाहिर निकालेर साना तथा मझौला मालवाहक गाडीमार्फत अन्यत्र सारिरहेका छन्। लत्ताकपडा र जस्तापातासहितका सामग्री धमाधम ओसारपसार भइरहेको छ।


