काठमाडौं — नेपाली कांग्रेस ले केन्द्रीय कार्यसमितिको बैठक भोलि दिउँसो १ बजे सानेपामा बोलाएको छ।
बैठकमा पार्टीको १५औं महाधिवेशनको मिति तय गर्ने विषयमा छलफल हुने बताइएको छ। यसअघि बसेका बैठकहरूले चुनावी पराजयको समीक्षा गर्दै सभापति गगन कुमार थापा को राजीनामा अस्वीकृत गर्ने निर्णय गरिसकेका छन्।


