Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > महावीर पुनको माग पूरा, सरकारलाई धन्यवाद

महावीर पुनको माग पूरा, सरकारलाई धन्यवाद

प्रतिनिधिसभा सदस्य महावीर पुनले आफूले लामो समयदेखि उठाउँदै आएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठनको माग पूरा भएको बताएका छन्।

संसदमा उठाएको विषय र प्रधानमन्त्रीलाई बुझाएको लिखित प्रस्तावअनुसार सरकारले छुट्टै मन्त्रालय गठन गरेको भन्दै उनले सरकारलाई धन्यवाद दिएका छन्। साथै उनले मन्त्रालयलाई प्रभावकारी बनाउन वैज्ञानिक र अनुसन्धानकर्ताहरूलाई सहकार्यका लागि आह्वान गरेका छन्।

पुनले सरकारको दीर्घायुको कामना गर्दै आवेगमा नेताहरूलाई दिएको “श्राप” समेत फिर्ता लिएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *