Sunday, March 15, 2026
Home > स्थानीय समाचार > महोत्तरीमा १०९ किलो गाँजा बरामद, भारतीय कार नियन्त्रणमा

महोत्तरीमा १०९ किलो गाँजा बरामद, भारतीय कार नियन्त्रणमा

महोत्तरी, १ चैत २०८२ – महोत्तरीको रामगोपालपुर नगरपालिका-८ बाट नेपाल प्रहरीले १०९ किलो गाँजासहित एक भारतीय नम्बर प्लेटको कारलाई नियन्त्रणमा लिएको छ।

प्रहरी उपरीक्षक हेरम्ब शर्माका अनुसार, २० वटा पोकामा लुकाएर भारततर्फ लैजाँदै गरेको गाँजा कारमा सवार चालकको फरार रहेको छ। लागु औषध ब्युरो र इलाका प्रहरी कार्यालय रामगोपालपुरको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा कारलाई नियन्त्रणमा लिएको हो। प्रहरीले आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *