विराटनगर — भूमि व्यवस्थापन तथा अभिलेख विभाग ले देशभरका मालपोत तथा भूमि सुधार कार्यालयमा अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ गरेको छ।
गोप्य कागजातमा बिचौलियाको पहुँच बढेपछि विभागले कर्मचारीबाहेक अन्यलाई फाइल चलाउन, हेर्न वा ओसारपसार गर्न पूर्ण रोक लगाएको हो।
अब कार्यालयभित्र बाहिरी व्यक्तिको आवतजावत र कागजातमा पहुँच कडाइका साथ नियन्त्रण गरिनेछ।


