मोरङ — मोरङको कटहरी गाउँपालिका–६ निवासी मुकेश सरदार दुवै मिर्गौला फेल भएपछि उपचारका लागि आर्थिक सहयोगको अपिल गरिएको छ।
गोल्डेन अस्पताल मा उपचार गराइरहेका उनलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (गोपा) मा सिफारिस गरिएको परिवारले जनाएको छ।
कमजोर आर्थिक अवस्थाका कारण उपचारका लागि करिब १६ लाख रुपैयाँ आवश्यक पर्ने भएकाले सहयोगी मनहरूसँग आर्थिक सहयोग गरिदिन परिवारले अनुरोध गरेको छ।



