विराटनगर — मोरङको बूढीगंगा गाउँपालिका–३ मा बुधबार दिउँसो भएको भीषण आगलागीले मुसहर बस्तीका ११ घर जलेर खरानी भएका छन्।
दिउँसो करिब २ बजे सुरु भएको आगो ४५ मिनेटपछि नियन्त्रणमा आए पनि बस्ती पूर्णरूपमा ध्वस्त भएको प्रहरीले जनाएको छ। घटनामा मानवीय क्षति नभए पनि करिब १ करोड १७ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
प्रहरीका अनुसार आगलागी स्थानीय सोनी ऋषिदेवको घरबाट सुरु भएको हुनसक्ने र विद्युत सर्ट कारण हुनसक्ने प्रारम्भिक अनुमान छ।
आगलागीपछि बस्तीका अधिकांश परिवार घरबारविहीन बनेका छन् र तत्काल राहत तथा पुनःस्थापनाको आवश्यकता देखिएको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन्।


