Thursday, March 19, 2026
Home > राष्ट्रिय समाचार > रविको मन्तव्यपछि रास्वपाको अभिमुखीकरण कार्यक्रम समापन हुने

रविको मन्तव्यपछि रास्वपाको अभिमुखीकरण कार्यक्रम समापन हुने

अभिमुखीकरण कार्यक्रम आज दोस्रो दिन जारी रहेको छ। ललितपुरस्थित होटल टुलिपमा योग ध्यान सत्रबाट सुरु भएको कार्यक्रम पार्टी सभापति रवि लामिछाने को समापन मन्तव्यसँगै सकिनेछ।

कार्यक्रममा सांसदहरूलाई संसदीय अभ्यास, नीति निर्माण, बजेट तथा कानुन प्रक्रियाबारे प्रशिक्षण दिइँदैछ। आज पूर्वसचिव डा. तोयानारायण ज्ञवाली र प्रतापकुमार पाठकले विभिन्न विषयमा प्रस्तुति दिएका छन्।

दिउँसो १ बजेसम्म कार्यक्रम सक्ने तयारी रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *