काठमाडौं — रास्वपा सभापति रवि लामिछानेको सहकारी र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयविरुद्ध दायर रिटको सुनुवाइ आज शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा हुँदैछ।
महान्यायाधिवक्ताले गत पुस ३० गते मुद्दा संशोधनसहित फिर्ता लिने निर्णय गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, युवराज सफलसहितका कानुन व्यवसायीहरूले सर्वोच्चमा रिट दायर गरेका थिए। सुनुवाइमा पेसी तोकिएको छ र विपक्षीको लिखित जवाफ प्रक्रिया पूरा भइसकेको छ।


