Friday, June 05, 2026
Home > मुख्य समाचार > रवि लामिछानेको बयान : अदालतको आदेश बिना कारागारबाट बाहिर पठाइयो

रवि लामिछानेको बयान : अदालतको आदेश बिना कारागारबाट बाहिर पठाइयो

काठमाडौँ – जेनजी आन्दोलनको क्रममा अदालतको आदेश नहुँदै रास्वपाका सभापति रवि लामिछाने कारागारबाट बाहिर निस्कन अस्वीकार गर्दा पनि जेल प्रशासनले उनलाई भीडसामु बाहिर पठाएको बयान उनले दिएका छन्।

लामिछानेका अनुसार, कारागार प्रशासनले औपचारिक थुनामुक्त पत्र तयार गर्ने तयारी गरेको थियो, तर पत्र तयार हुनु अघि भीडले उनलाई बाहिर लगे। उनले पत्रमा हस्ताक्षर वा लेखन प्रक्रियामा कुनै सहभागिता नरहेको र यसबारे जेल प्रशासन जिम्मेवार हुने बताएका छन्।

घटनापछि लामिछानेले भीडलाई सम्बोधन गर्दै शान्ति र संयमता अपनाउन अपिल गरे। उनी सुरक्षित स्थानमा पुगेपछि प्रहरी र सेनाका प्रमुखलाई आफ्नो अवस्थाबारे जानकारी दिए र भदौ २८ गते सुरक्षाको प्रत्याभूति पाएपछि पुनः कारागार फर्किएका थिए।

लामिछानेले खुला कारागार नीति, कैदीको मानसिक स्वास्थ्य र कानूनी परामर्श प्रणाली सुधार गर्न सुझाव पनि दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *