काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) टोली राजस्थान रोयल्सका कप्तान रियान परागलाई आचारसंहिता उल्लंघनको आरोपमा कारबाही गरिएको छ।
पञ्जाब किंग्सविरुद्धको खेलका क्रममा ड्रेसिङ रुममा भेप प्रयोग गरेको पाइएपछि उनीमाथि कारबाही भएको हो।
आईपीएल नियमअनुसार उनलाई म्याच फीको २५ प्रतिशत जरिवाना र एक डिमेरिट अंक दिइएको छ। परागले रेफ्रीको निर्णय स्वीकार गरिसकेका छन्।


