Thursday, March 19, 2026
Home > स्थानीय समाचार > रामधुनीमा पिकअप ठक्कर : एकको मृत्यु, साइकल यात्री घाइते

रामधुनीमा पिकअप ठक्कर : एकको मृत्यु, साइकल यात्री घाइते

सुनसरी — रामधुनीमा बिहीबार बिहान तरकारी बोकेको पिकअपले पैदलयात्री र साइकल यात्रीलाई ठक्कर दिएको छ।

दुर्घटनामा रामधुनी–३ का ६२ वर्षीय विष्णुप्रसाद खतिवडाको मृत्यु भएको छ भने साइकल यात्री ३५ वर्षीय देवराज बुढाथोकी गम्भीर घाइते छन्।

पिकअप चालक फरार छ र खोजी तथा घटनाको अनुसन्धान जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *