Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी लिलाकुमारी भण्डारी निर्विरोध चयन

राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी लिलाकुमारी भण्डारी निर्विरोध चयन

काठमाडौं, २२ चैत २०८२ – राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी सांसद लिलाकुमारी भण्डारी निर्विरोध चयन भएकी छन्। उपाध्यक्षको लागि तय गरिएको मनोनयन दर्तामा भण्डारीको मात्र उम्मेदवारी परेको संघीय संसद् सचिवालयले जानकारी दिएको छ।

उनका प्रस्तावक एमालेका सांसद प्रेमप्रसाद दंगाल र समर्थकमा नेपाली कांग्रेसका कृष्णबहादुर रोकाय, जसपाका पुजा चौधरी र अन्य नेताहरू रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *