काठमाडौँ — सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले सरकारले संसदीय व्यवस्थामा सुधार गर्दै सुशासन कायम गरिरहेको बताएका छन्।
उपनेता पराजुलीका अनुसार, निर्वाचन वाचा अनुसार सुशासनको अभ्यास सुरु भइसकेको छ र सबै सेवा तथा क्षेत्रलाई दलीयकरणबाट मुक्त राख्ने अभियान अघि बढाइरहेको छ।


