काठमाडौं । एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई अराजक समूहको जमात भएको टिप्पणी गरेका छन्।
प्रतिनिधिसभा बैठकमा बोल्दै उनले रास्वपालाई वैचारिक आधार नभएको र अवसरवादी समूहको अस्थायी गठजोड भएको आरोप लगाए।
उनको अभिव्यक्तिपछि रास्वपा सांसदहरूले आपत्ति जनाउँदै नियमापत्ति गरेका थिए। सांसदहरूले उक्त टिप्पणी संसदीय रेकर्डबाट हटाउन माग समेत गरेका छन्।


