काठमाडौं । नेपालले सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
त्रिपुरेश्वरस्थित कभर्डहलमा आइतबार सम्पन्न समूह चरणको अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्यो। नेपालले खेल २५–१२, २५–९ र २५–२० ले जितेको हो।
समूह ‘ए’ मा नेपालले तीन खेलबाट ७ अंक जोड्दै शीर्ष स्थानमा रह्यो। यसअघि नेपालले कीर्गिस्तानलाई पराजित गरेको थियो भने भारतसँग पराजित भएको थियो।


