कैलाली — लम्कीचुहा नगरपालिकाको अस्पताललाई प्रदेशस्तरीय बनाउने विषयमा मुख्यमन्त्री कमल बहादुर शाह र मेयर सुशीला शाहीबीच विवाद चर्किएको छ। प्रदेश सरकारले व्यवस्थापन समिति गठन गरेपछि नगरपालिकाले समन्वय र सम्झौताविना निर्णय गरिएको भन्दै अस्वीकार गरेको छ। दुवै पक्षबीचको टकरावका कारण अस्पतालको सेवा प्रवाह प्रभावित हुने चिन्ता बढेको छ।


