काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले जनअपेक्षा अनुसार काम गर्न सक्रियता र ‘नम्र राजनीतिक आक्रामकता’ आवश्यक रहेको बताएका छन्।
संसदीय दलको बैठकमा उनले संवैधानिक आयोग र निकायहरूमा लामो समयदेखि पद खाली हुँदा काम प्रभावित भएको बताए।
लामिछानेले धेरै कुरामा ढिलाइ गर्न नहुने भन्दै सरकारलाई छिटो र प्रभावकारी निर्णय लिनुपर्नेमा जोड दिए।


