काठमाडौं, जेठ २० — राप्रपाबाट अलग भएका धवल शमशेर राणाले अध्यक्ष राजेन्द्र लिङ्देनको विज्ञप्तिलाई दुष्प्रचारपूर्ण र गैरजिम्मेवारपूर्ण भएको आरोप लगाएका छन्।
ध्यानाकर्षण पत्र जारी गर्दै उनले अधिवेशनसम्बन्धी जिम्मेवारीबाट आफू पन्छिएको भन्ने आरोप अस्वीकार गरे। साथै, नेतृत्व शैलीकै कारण पार्टीले जनविश्वास गुमाएको दाबी गर्दै राष्ट्रवादी शक्तिलाई आफ्नो अभियानमा जोडिन आग्रह गरेका छन्।


