काठमाडौं । एमाले नेता गोकुल बास्कोटाले विगतमा लोकतान्त्रिक अभ्यासका नाममा भएका केही गल्तीहरू अहिले संसद्मा समस्या बनेर देखिएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत उनले विपक्षी र आलोचकप्रति असहिष्णु व्यवहारलाई लोकतान्त्रिक अभ्यास ठानिएको प्रवृत्तिकै परिणाम अहिले संसद्मा देखिएको टिप्पणी गरेका हुन्।
बास्कोटाले वर्तमान राजनीतिक अवस्थामाथि व्यङ्ग्य गर्दै संसद् नै उपेक्षित बनेको अवस्थामा अब त्यसले के उत्तर दिने भनी प्रश्न समेत गरेका छन्।


