विराटनगर–११, जनप्रिय टोलमा बिहे घरमा काम गर्ने क्रममा करेन्ट लागेर ५२ वर्षीया हेमरनको मृत्यु भएको छ।
मोरङ–कटहरी २ निवासी उनी बिहे घरमा क्याटरिङका लागि गएकी थिइन्। झिलिमिली बत्तीको तारमा करेन्ट लाग्दा दिउँसो ४ बजे घाइते भएकी हेमरनलाई कोशी अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका छन्।
मोरङ प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

