Friday, June 05, 2026
Home > विराटनगर समाचार > विराटनगरमा युवाको मानवीय पहल, असहायका लागि निःशुल्क सिटी सफारी

विराटनगरमा युवाको मानवीय पहल, असहायका लागि निःशुल्क सिटी सफारी

विराटनगर । पञ्चमुखी युवा समाजको पहलमा विराटनगरमा असक्त, असहाय र आर्थिक रूपमा कमजोर नागरिकका लागि निःशुल्क सिटी सफारी सेवा सुरु गरिएको छ।

वडा नं. ६, ११ र १२ का बासिन्दालाई लक्षित गर्दै दुई वटा सिटी सफारी दैनिक आवतजावतमा कठिनाइ भोगिरहेका वृद्ध तथा असक्तलाई सहयोग गर्न सञ्चालनमा ल्याइएको हो।

युवाहरूको यो सामाजिक अभियानलाई स्थानीयले सराहना गर्दै अन्य क्षेत्रमा पनि विस्तार गर्नुपर्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *