Friday, June 05, 2026
Home > विराटनगर समाचार > विराटनगरमा लागुऔषधसहित दुई पक्राउ

विराटनगरमा लागुऔषधसहित दुई पक्राउ

विराटनगर–१६ मा रहेको एक कोठामा प्रहरीले छापा मार्दा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा अजयकुमार राय (२२) र ग्रामथान–६ का निरञ्जन माझी (२३) रहेका छन्।

इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले छापा मार्दा २ ग्राम ९१० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।

दुवैलाई नियन्त्रणमा राखी लागुऔषध ऐनअन्तर्गत अनुसन्धान अघि बढाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *