विराटनगरमा विश्व मिर्गौला दिवस २०८२ का अवसरमा ‘वाकाथन फर किड्नी हेल्थ’ कार्यक्रम आयोजना गरिएको छ। महेन्द्र चौकबाट सुरु भएर कोशी अस्पतालमा सम्पन्न यो वाकाथन नोबेल मेडिकल कलेज प्रशिक्षण अस्पताल र नोबेल क्यान्सर अस्पतालको सहकार्यमा भएको हो।
अस्पतालको नेफ्रोलोजी विभागले आयोजना गरेको कार्यक्रममा स्वास्थ्यकर्मी, विद्यार्थी र सर्वसाधारणले भाग लिएका थिए। डा. रमेश कुमार चौरसीयाले मिर्गौला रोगको जोखिम, रोकथाम र नियमित स्वास्थ्य परीक्षणको महत्वबारे जानकारी दिएका छन्। आयोजकका अनुसार यस्तो कार्यक्रमले स्वास्थ्यप्रति जनचेतना फैलाउन मद्दत गर्ने विश्वास गरिएको छ।


