काठमाडौं, २२ चैत – शंकर गु्रपका अध्यक्ष शंकर अग्रवाल सम्पत्ति शुद्धीकरण विभागबाट छुटेका छन्। विभागका महानिर्देशक गजेन्द्र कुमार ठाकुरले अग्रवाललाई बयानको प्रक्रिया सकिएपछि छाडिएको पुष्टि गरेका छन्।
केही दिनअघि मात्र शंकर ग्रुपको सम्पत्ति शुद्धीकरण अनुसन्धानको क्रममा अग्रवाल पक्राउ परेका थिए। शंकर ग्रुप नेपालका प्रमुख व्यावसायिक घराना मध्ये एक हो, जसले स्टिल, सिमेन्ट, जलविद्युत् लगायतका क्षेत्रमा लगानी गरेको छ।
आइतबार शंकर ग्रुपका सञ्चालक सुलभ खरेललाई पनि पक्राउ गरिएको थियो।


